FAQs Complain Problems

परिचय

लिम्चुङबुङ गाउँपालिका नेपालको एक रमणीय, सुन्दर, हरेक पर्यटकहरुको रोजाईमा परेको पर्यटनको नयाँ गन्तव्यको रुपमा विकास भइरहेको कोशी प्रदेश अन्तर्गत उदयपुर जिल्लाको मदन भण्डारी लोकमार्गको सोलमारी चोकबाट ३४ कि.मि. उत्तरी भेगमा अवस्थित रहेको छ । गाउँपालिकाको पाउमा हिमालदेखि कलकल बग्दै आएको पवित्र सुनकोशी नदीसंगै तपोभुमी हिन्दु, वुद्विष्ट, किराँत त्रिधाम हलेशी समेत नजिकै रहेको छ । तराई देखि हलेसीको दर्शन गर्न सवै भन्दा छोटो सडक मार्ग पनि लिम्चुङबुङ गाउँपालिका भएरै जाने धार्मिक पर्यटन सडक निर्माण भइरहेको छ । लिम्चुङबुङ गाउँपालिका हरेक जातजाती, भाषा भाषी, भौगोलिक विविधता, जैविक विविधताले भरिपूर्ण अतिनै सुन्दर गाउँपालिका हो । प्रकृति, कृषि र संस्कृतिलाई मुल मन्त्र बनाएर पर्यटन विकासको माध्यमबाट नमूना गाउँको रुपमा विकास भइरहेको छ । यस गाउँपालिकाको एभरेष्ट भ्यूटपलाई प्रेम प्रस्ताव टावर, लिम्चुङबुङ संग्राहलय, सफलता पाउने ठाउँ, संस्कृति पार्क, प्रेम पार्क, शहिद पार्कको रुपमा विकास गर्ने योजना सहित काम भईरहेको छ । उक्त ठाउँबाट सूर्योदय, सूर्यास्त र विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत लोत्से, लोत्सेसार, चोयु, मकालु, कन्चन्जंघा, गरी ८ हजार भन्दा माथीका ६ वटा हिमाल एउटै डाँडाबाट एकैसाथ नजिक नियाल्न सकिने समेत लिम्चुङबुङको चिनारी बनेको छ । लिम्चुङबुङ तराईमा गर्मी हुँदा शितल चिसो लिम्चुङबुङमा गर्मी छल्न, हिमाल हेर्ने सिजनमा सगरमाथा हेर्न, सूर्योदय र सूर्यास्त हेर्न, लालीगुराँस फुल्ने सिजनमा लालीगुराँस हेर्न, पर्यटकहरुको भिड लाग्ने गरेको छ साथै लिम्चुङबुङ खुसी पाउने ठाउँ, सफलता पाउने ठाउँ र शान्ती पाउँने ठाउँको रुपमा समेत परिचित भएको छ । यस गाउँपालिकाको क्षेत्रफल 106.8 वर्ग कि.मि. रहेको छ र कुल जनसंख्या 11992 रहेको छ । लिम्चुङबुङ गाउँपालिकाको सोंच कृषि र पर्यटनको विकास मार्फत गाउँमै नागरिकलाई व्यापार र रोजगारी सिर्जना गरी एकै पुस्तामा लिम्चुङबुङलाई धनी र समृद्व बनाउने लक्ष्य रहेको छ । लिम्चुङबुङ धेरै नै रमाईलो छ लिम्चुङबुङलाई हेर्न अवश्य पाल्नु होला लिम्चुङबुङ यहाँहरुलाई स्वागत गर्न सधै प्रतिक्षामा हुनेछ ।

लिम्चुङबुङ गाउँपालिकाकाे वडा कार्यालयहरुकाे जनप्रतिनिधिकाे विवरण

सि.नं. नाम, थर पद ठेगाना सम्पर्क नं. इमेल
 १  जनदिप थापा मगर  १ नं. वडा अध्यक्ष  लि.गा.पा.१  9841199403  ward1bansbote@gmail.com
 २  जितेन्द्र राई  २ नं. वडा अध्यक्ष  लि.गा.पा.२  9849815365  ward2tamlichha@gmail.com
 ३  गुरुमणि कुमाई  ३ नं. वडा अध्यक्ष  लि.गा.पा.३  9842805472  ward3baraha@gmail.com
 ४  छत्र बहादुर राई  ४ नं. वडा अध्यक्ष  लि.गा.पा.४  9842887087  ward4balamta@gmail.com
 ५  कबिचन्द्र राई  ५ नं. वडा अध्यक्ष  लि.गा.पा.५  9861301480  ward5jante@gmail.com

 

सूचना अधिकारीकाे

नाम,थर

सम्पर्क नं. इमेल
गोबिन्द कार्की 9842961497

 ito.limchunbunmun@gmail.com